उद्देश्यहरु

MSc. in Family Business Administration को उद्देश्य क्यामवोडिया, मलेसिया, फिलिपिन्स, बङ्ग्लादेश, भुटान र नेपालका पारिवारिक व्यवसायको प्रकृति महत्व र विशेषता बुझाउनु हो।

FAB कार्यक्रमलेकार्यक्षमतामा आधारित योग्यताको प्रबद्धन गरि MSc पाठ्यक्रमको पद्दति प्रस्ताव गर्नेछ। यस परिप्रक्षमा यस कन्सोर्टियमले युरोपियन शैक्षिक प्रणालीबाट महत्वपुर्ण ज्ञान स्थानानतरण गरि सदस्य राष्ट्रका संस्थाहरुले आधुनिक, प्रयोगात्मक पारिवारिक व्यवसाय व्यवस्थापनका लागि MSc पाठ्यक्रम बनाउँनेछ।

यस प्रस्तावका खास उद्देश्यहरु निम्नुसार छन्

- नयाँ विशेष पाठ्यक्रम र अविष्कारमूलक MSc. कार्याक्रम तयार गरी सहभागी मुलुकहरुमा क्षमता विकास गर्ने, योग्यता र सीप प्रबर्धन गर्ने, र यस किसिमका कार्यक्रमको अभाव पुर्ण गर्ने। यस कन्सोर्टियमले अनुसन्धान गरेर पारिवारिक व्यवसाय व्यवसायिक कोर्षको मल्टिस्टेड मिश्रीत MOOC तयार गर्नेछ।

क्षेत्रिय पारिवारिक व्यवसायहरुको उद्यमशीलता र पारिवारिक व्यवसाय व्यवस्थापनका लागि दक्ष सीप विकास गर्न व्यवहार्थ तालमेल र पहुँच स्थापना गरेर तालिम प्रदान गर्ने।

शैक्षिक कर्मचारीहरुलाई नयाँ पाठ्यक्रम र उपयुक्त पठनपाठन पद्धतिकालागि क्षमता सुदृढ गर्ने। यसकालागि कर्मचारीहरुको EU HEI र क्षमता अभिवृद्धि तालिममा शैक्षिक भ्रमण पठाईनेछ र

Virtual Learning Environment(VLE) मा पनिपरियोजना अवधिमा र पछि समावेश गरिनेछ।